प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-०९-०४

  • A
  • A-
  • A+
Share

मोरङ, १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका-४ बस्ने २० वर्षीय सचिन तिमलसिना र सोही नगरपालिका-६ बस्ने २१ वर्षीय प्रताप तामाङलाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

उनीहरूले ती किशोरीलाई सुन्दरहरैचा नगरपालिका-७ बेलगाछिस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै उक्त घटनामा संलग्न अन्य २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार