जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०९-०५
- A
- A-
- A+
रूपन्देही, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी कञ्चन गाउँपालिका-५ वर्गदवा बस्ने जेसी भन्ने जिवन चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत बुटवल तुलसीपुर दाङको २०७३ भाद्र ८ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । २०७२ वैशाख २० गते राति चौधरीले घरमा कोही नभएको अवस्थामा पीडित महिलालाई धाक धम्की दिई जवरजस्ती करणी गरेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देहीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।