स्रोत नखुलेको नगद सहित पक्राउ
२०७९-०९-२१
- A
- A-
- A+
बर्दिया, गुलरीया नगरपालिका-८ भादाबाट स्रोत नखुलेको ९० हजार ५ सय ९० भारतीय रूपैयाँ र २ हजार ७ सय ८० नेपाली रूपैयाँ सहित भारत नयाँ दिल्ली थाना स्मानपुर ब्रमपुरी दिल्ली बस्ने ४५ वर्षीय जाफर अलीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले डिएल १० एस डब्लु ९१०५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय बाँकेमा बुझाइएको छ ।