बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०९-२३
- A
- A-
- A+
काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर चाँगुनारायण नगरपालिका-४ ठेगाना भएका ३७ वर्षी गोकुल खनाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७८ वैशाख ७ गतेको फैसलाले २ दिन कैद, ५ लाख रूपैयाँ जरिवाना र पीडित राहत कोषमा २० हजार भराउने सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका-४ नारायणटारबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा उपस्थित गराइएको छ ।