सुन जस्तो देखिने पहेलो धातु देखाई रकम ठगी गर्ने पक्राउ
२०७९-०९-२३
- A
- A-
- A+
झापा, सुन जस्तो देखिने पहेलो धातु देखाई १ लाख ७० हजार रुपैयाँ ठगी गरेको अभियोगमा ईलाम फाक्फोकथुम गाउँपालिका-७ घर भई हाल झापा बिर्तामोड नगरपालिका-५ बस्ने २६ वर्षीय दिनेश श्रेष्ठ भन्ने शेर बहादुर बराईलीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
झापा मेचीनगर नगरपालिका-९ स्थित रोशन कुमार गजमेरको हनुमान ज्वेलर्समा बुधबार बराईलीले ३ तोला सुन जस्तो देखिने पहेलो धातुको बेरुवा औंठी २ थान देखाई १ लाख ८० हजार मूल्य राखी १० हजार रूपैयाँ पछि लिन आउने सहमतीमा तत्काल १ लाख ७० हजार रूपैयाँ ठगी गरेको र सोही स्थानमा बाँकी पैसा लिन आउँदा उनलाई प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।