जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७९-०९-२३
- A
- A-
- A+
उदयपुर, २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-७ रिस्कु बस्ने २३ वर्षीय राम शाही ठकुरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ठकुरीले ती महिलालाई बिहीबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।