नक्कली नोट सहित पक्राउ
२०७९-०९-२५
- A
- A-
- A+
चितवन, कालिका नगरपालिका-१ डेरीचोक डेरा गरी बस्ने मकवानपुर मनहरी गाउँपालिका-१ गोगनपानी घर भएकी ४२ वर्षीया गङ्गा थिङलाई १ लाख ३६ हजार रूपैयाँ बराबरको नक्कली नोट सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टाडीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त नक्कली नोट फेला पारी उनलाई पक्राउ गरेको हो ।
पर्सा, वीरगञ्ज महानगरपालिका-३२ बस्ने ३७ वर्षीय महबुब आलम अंसारीलाई १ हजार दरको २ थान नक्कली नोट सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही महानगरपालिका-३१ सोखलपुरस्थित किराना पसलमा समान खरिद गरी अंसारीले दिएको उक्त नोट जाली रहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले उनलाई उक्त नोट सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।