प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फिनल्याण्डमा रोजगारी मिलाई दिन्छु भन्दै ठगी गर्ने कार्यमा संलग्न पक्राउ

२०७९-०९-२५

  • A
  • A-
  • A+
Share

काठमाडौं, फिनल्याण्डमा आकर्षक तलब सुबिधामा रोजगारी मिलाइ दिन्छु भन्दै नगद ७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा म्याग्दी गाउँपालिका-१ घर भई काठमाडौं जोरपाटी बस्ने २६ वर्षीया मनिषा पुनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

मासिक १ लाख ४२ हजार रुपैयाँ तलब र खाना बस्नको सुबिधा सहित फिनल्याण्डमा पठाइदिन्छु भन्दै पीडितहरूलाई आवश्यक कागजातहरू सहित काठमाडौं बोलाई विश्वासमा पारी उक्त नगद ठगी गरेको खुल्न आएपछि उनलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 


सम्बन्धित समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८१-०१-०७

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा कालिञ्चोक गाउँपालिका-७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने ३१ वर्षीय अरुण सिवाकोटी र धनकुटा महालक्ष्मी नगरपालिका-६ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने ४१ वर्षीय जगनाथ नेपाल रहेका छन् ।   पक्राउमध्ये अरूणले पोल्याण्ड पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ ठगी गरेको र जगनाथले दुबई पठाईदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अरूणलाई काठमाडौं पेप्सीकोला र जगनाथलाई  काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।