प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बैंकिङ कसूरमा संलग्न ब्यक्ति पक्राउ

२०७९-०९-२५

  • A
  • A-
  • A+
Share

काठमाडौं, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गत कसूरमा संलग्न रहेको अभियोगमा धनुषा क्षिरेश्वरनाथ नगरपालिका-१ ठेगाना भएका ३५ वर्षीय उदय चन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

धनुषा क्षिरेश्वर नगरपालिका-१ बाट केही व्यक्तिहरुले अवैध रुपमा अनलाईन मार्फत २० करोड भन्दा माथिको रकमको हुण्डी कारोवार गरेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न यादवलाई कारोवारमा प्रयोग भएका ल्यापटप, मोबाईल फोन समेतका उपकरणहरु सहित पक्राउ गरेको हो । 

उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गतको कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 



सम्बन्धित समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८१-०१-०७

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा कालिञ्चोक गाउँपालिका-७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने ३१ वर्षीय अरुण सिवाकोटी र धनकुटा महालक्ष्मी नगरपालिका-६ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने ४१ वर्षीय जगनाथ नेपाल रहेका छन् ।   पक्राउमध्ये अरूणले पोल्याण्ड पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ ठगी गरेको र जगनाथले दुबई पठाईदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अरूणलाई काठमाडौं पेप्सीकोला र जगनाथलाई  काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।