बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०९-२५
- A
- A-
- A+
काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३४ बानेश्वर बस्ने ५५ वर्षीय गोविन्दलाल श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७९ असार ३ गतेको फैसलाले ५ दिन कैद र १८ लाख ७० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले भक्तपुरगठ्ठाघरबाट पक्राउ गरेको हो । गोविन्दलालले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पेश गरिएको छ ।