स्रोत नखुलेको नगद सहित पक्राउ
२०७९-०९-२७
- A
- A-
- A+
धनुषा, विदेह नगरपालिका-२ बाट स्रोत नखुलेको नगद १६ लाख रूपैयाँ सहित भारत विहार बस्ने ४२ वर्षीय राजेश कुमार साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३२ एसि ७६७९ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार साहलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धानको लागि भन्सार कार्यालय जनकपुर पठाइएको छ ।