चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०९-२८
- A
- A-
- A+
लमजुङ, राईनास नगरपालिका-९ कुडुले बस्ने ५५ वर्षीय हितमान श्रेष्ठलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३६ वर्षीय वेलराम गुरुङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
२०७४ साउन ११ गते हितमान श्रेष्ठलाई हत्या गरी फरार रहेको वेलराम गुरुङलाई चितवन भरतपुर महानगरपालिका-१६ स्थितमा लुकीछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।