जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७९-०९-२८
- A
- A-
- A+
सुनसरी, ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धरान उपमहानगरपालिका-८ बस्ने १९ वर्षीय दिवश धौलाकोटीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
धौलाकोटीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित लांघाली सामुदायिक जंगलभित्र लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।