प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-०९-२८

  • A
  • A-
  • A+
Share

सुनसरी, ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धरान उपमहानगरपालिका-८ बस्ने १९ वर्षीय दिवश धौलाकोटीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

धौलाकोटीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित लांघाली सामुदायिक जंगलभित्र लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार