लागूऔषध गाँजा मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०९-२९
- A
- A-
- A+
झापा, लागूऔषध गाँजा मुद्दाका फरार प्रतिवादी कमल गाउँपालिका-३ बस्ने ३८ वर्षीय भिम कुमारी लिम्बु लावितलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत झापाको २०७७ असोज १५ गतेको फैसलाले लागूऔषध गाँजा मुद्दामा ७ महिना कैद र २ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ ।