जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७९-१०-०३
- A
- A-
- A+
दाङ, ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-२ बस्ने ३७ वर्षीय नमराज पौडेललाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
लमही नगरपालिका-६ स्थित बेलदमारको जंगलमा घाँस काट्न गएको अवस्थामा ती महिलालाई पौडेलले गत पुस १८ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थाई प्रहरी पोष्ट चौघेराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।