प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-१०-०३

  • A
  • A-
  • A+
Share

दाङ, ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-२ बस्ने ३७ वर्षीय नमराज पौडेललाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

लमही नगरपालिका-६ स्थित बेलदमारको जंगलमा घाँस काट्न गएको अवस्थामा ती महिलालाई पौडेलले गत पुस १८ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थाई प्रहरी पोष्ट चौघेराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।   


सम्बन्धित समाचार