प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-१०-०५

  • A
  • A-
  • A+
Share

मोरङ, २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कानेपोखरी गाउँपालिका-७ बर्गाची बस्ने २६ वर्षीय दिलीप जोगी र  सोही ठाउँ बस्ने ५० वर्षीय खगेन्द्र तामाङ रहेका छन् । 

ती महिलालाई गत पुस ३० गते दिलीपले र माघ १ गते खगेन्द्रले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थाई प्रहरी पोष्ट कानेपोखरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार