बिचौलियाको काम गरेको अभियोगमा पक्राउ
२०७९-१०-११
- A
- A-
- A+
धनुषा, बिचौलियाको काम गरेको अभियोगमा जनकपुरधाम उपमहानगरपालिका-१६ कपिलेश्वर बस्ने ३९ वर्षीय दिपक ठाकुरलाई जिल्ला प्रशासन कार्यालय धनुषाको गेट अगाडिबाट मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषामा नागरिकता, राहदानी बनाउन आउने सेवाग्राहीहरुलाई सोही कार्यालयका कर्मचारीहरुसँग चिनाजान रहेको र काम छिटो गराइदिन्छु भनि प्रतिव्यक्ति २/३ हजारका दरले माग गरी बिचौलियाको काम गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले ठाकुरलाई सेवाग्राहीसँग १ हजार ५ सय रूपैयाँ लिदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।