प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

क्रोएसिया पठाईदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा पक्राउ

२०७९-१०-११

  • A
  • A-
  • A+
Share

काठमाडौं, क्रोएसिया पठाइदिन्छु भन्दै प्रलोभनमा पारी ८ लाख ४० हजार रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने मोरङ मिक्लाजुङ गाउँपालिका-९ घर भएका २९ वर्षीय साहिल बस्नेतलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  

बस्नेतले वैदेशिक रोजगारीमा क्रोएसियाको प्रतिष्ठित कम्पनीमा मासिक १ लाख भन्दा बढी कमाई हुने गरी फुडप्याकिङको काम लागइदिने र त्यसको लागि प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितहरुबाट उक्त रकम ठगी गरेको भन्ने वैदेशिक रोजगार विभागको पत्राचारको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।   


सम्बन्धित समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८१-०१-०७

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा कालिञ्चोक गाउँपालिका-७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने ३१ वर्षीय अरुण सिवाकोटी र धनकुटा महालक्ष्मी नगरपालिका-६ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने ४१ वर्षीय जगनाथ नेपाल रहेका छन् ।   पक्राउमध्ये अरूणले पोल्याण्ड पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ ठगी गरेको र जगनाथले दुबई पठाईदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अरूणलाई काठमाडौं पेप्सीकोला र जगनाथलाई  काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।