प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

२०७९-१०-१२

  • A
  • A-
  • A+
Share

बागलुङ, १७ वर्षीया र १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको  छ । पक्राउ पर्नेहरूमा ढोरपाटन नगरपालिका-७ बोबाङ बस्ने २२ वर्षीय आयुष बिक र २१ वर्षीय जिवन बिक रहेका छन् । 

आयुषले आफ्नै घरमा १६ वर्षीया किशोरीलाई मंगलबार राति जबरजस्ती करणी गरेको र जिवनले आयुषकै घरमा माघ ४ गते राति १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढोरपाटनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार