चोरी गरेको अभियोगमा पक्राउ
२०७९-१०-१५
- A
- A-
- A+
सिरहा, सुखिपुर नगरपालिका-८ बस्ने राजेश चौधरीको कोल्ड स्टोर सप्लायर्सबाट बिभिन्न कम्पनीको रक्सीहरु चोरी गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुखिपुर नगरपालिका-३ बस्ने २३ वर्षीय मंगल सहनी र औरही गाउँपालिका-२ बस्ने २३ वर्षीय रफि राईन रहेका छन् ।
पसलको पछाडीबाट सुरुङ खनी पसल भित्र रहेको बिभिन्न कम्पनीको रक्सीहरु चोरी गरी लैजाने क्रममा उनीहरुलाई ईलाका प्रहरी कार्यालय सुखिपुरबाट खटिएको प्रहरीले स. ११ प ५३१८ नम्बरको मोटरसाइकल र करिब १० हजार रुपैयाँ बराबरको सरसामान सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।