अनुसन्धानमा रहेको व्यक्तिलाई छुटाइदिन्छु भनि प्रलोभन देखाइ ठगी गर्ने व्यक्ति पक्राउ
२०७९-१०-१६
- A
- A-
- A+
पर्सा, अनुसन्धानमा रहेको व्यक्तिलाई छुटाइ दिन्छु भनी प्रलोभन देखाई ठगी गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका-५ बस्ने ५२ वर्षीय धिरेन्द्र बहादुर श्रेष्ठलाई यातायात कार्यालय पर्सास्थित सडकबाट आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी उपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसूरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।