लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-१०-१७
- A
- A-
- A+
काठमाडौं, लागूऔषध मुद्दाका फरार प्रतिवादी मकवानपुर राक्सीराङ गाउँपालिका-४ घर भएका ३६ वर्षीय बुद्ध नेगी भन्ने जमिन लामा (नेगी) लाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई मकवानपुर मनहरी गाउँपालिका-७ मनहरीबाट फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाइएको छ ।