चित्तलको छाला सहित पक्राउ
२०७९-१०-१८
- A
- A-
- A+
कैलाली, घोडाघोडी नगरपालिका-५ देउकलिया बस्ने ५४ वर्षीय खेमराज सापकोटालाई चित्तलको छाला २ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
सापकोटाको घरमा चित्तलको छाला रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त छाला फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।