जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७९-१०-१८
- A
- A-
- A+
कञ्चनपुर, १४ वर्षीया २ जना बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमदत्त नगरपालिका-४ बजारस्थित समाज कल्याण बाल अनाथालयका कर्मचारी ५१ वर्षीय शंकर बहादुर चन्दलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
चन्दले ती बालिकाहरूलाई विगत ३/४ महिनादेखि जबरजस्ती करणी गर्दै आएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।