प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

डिजेल लोड भएको ट्याङकर चोरी गरेको घटनामा संलग्न २ जना पक्राउ

२०७९-१०-१८

  • A
  • A-
  • A+
Share

सप्तरी, डिजेल लोड भएको ट्याङकर चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डिजेल लोड भएको टयाङ्कर चोरी गरी डिजेल बेच्ने कञ्चनरुप नगरपालिका-९ बस्ने २९ वर्षीय नबराज भुजेल र चोरीको डिजेल खरीद गर्ने खडक नगरपालिका-७ घर भएका भण्डार आयल स्टोरका संचालक ३५ वर्षीय श्याम कुमार साह रहेका छन् । 

नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगंज डिपो बाराबाट माघ ११ गते बिहान को.१ ख ३६५५ नम्बरको टयाङ्करमा २० हजार लिटर डिजेल लोड गरी नेपाल आयल निगम १ नम्बर प्रदेश प्रादेशिक कार्यालय बिराटनगरतर्फ लैजाने क्रममा टयाङ्करका चालकले माघ ११ गते साँझ कञ्चनरुप नगरपालिका-८ स्थित रहेको बिकि पम्पमा पार्किङ्ग गरी आफ्नो घर गएकोमा उक्त ट्याङकर चोरी भएको र माघ १५ गते बिहान शम्भुनाथ नगरपालिका-२ खैरबना भन्ने स्थानमा बेबारिसे अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले टयाङ्कर जाँच गर्दा टयाङ्करको ५ वटा च्याम्बरमा रहेको २० हजार लिटर डिजेलमध्ये १६ हजार लिटर चोरी भएको अवस्थामा फेला पारेको थियो । घटनाको आवश्यक अनुसन्धानको क्रममा नेपाल आयल निगम १ नम्बर प्रदेश प्रादेशिक कार्यालय बिराटनगरका कर्मचारी तथा नेपाल प्रहरी समेतको संयुक्त टोलीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । 

नबराज भुजेल समेतले माघ १४ गते राति पार्किङ्ग गरेको स्थानबाट डिजेल लोड भएको टयाङ्कर चोरी गरी १६ हजार लिटर डिजेल बिक्री गरेको र श्याम कुमार साहले चोरी भएको डिजेल खरिद गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । 

उनीहरू उपर चोरी मुद्दा शिर्षकमा अदालतबाट म्याद थप अनुमती लिई प्रहरीबाट थप अनुसन्धान कार्य भइरहेको छ । 

सम्बन्धित समाचार
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
२०८०-०८-१८

 धादिङ, आफ्नै श्रीमती २० वर्षीया पवित्रा बयलकोटीको हत्या गरेको अभियोगमा धुनिवेशी नगरपालिका-४ जिबनपुर बस्ने २७ वर्षीय रामचन्द्र बयलकोटीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । रामचन्द्रले सोही नगरपालिका-१ डुम्रेचौरस्थित सडकमा पवित्रालाई धारिलो हतियार प्रहार गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खानीखोला र प्रहरी चौकी जिबनपुरबाट प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो । तत्काल फरार रहेका रामचन्द्रलाई खोजी गर्ने क्रममा धुनिवेशी नगरपालिका-७ खानीखोला बजारमा फेला पारी पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।