लागूऔषध मुद्दाका फरार प्रतिवादी ५ वर्ष पछि पक्राउ
२०७९-१०-१९
- A
- A-
- A+
अर्घाखाँची, लागूऔषध मुद्दाका फरार प्रतिवादी सन्धिखर्क नगरपालिका-२ चुत्रावेशी बस्ने २९ वर्षीय मनोज जिसीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत अर्घाखाँचीको २०७४ चैत ६ गतेको फैसलाले लागूऔषध मुद्दामा २ महिना कैद र २ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत अर्घाखाँचीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि जिल्ला कारागार कार्यालय अर्घाखाँचीमा पठाइएको छ ।