प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७९-१०-२६

  • A
  • A-
  • A+
Share

झापा, जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी गौरादह नगरपालिका-३ बस्ने ४५ वर्षीय युवराज भन्ने यामनाथ पौडेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत बिराटनगर इलाम इजलासबाट २०७९ बैशाख २१ गतेको फैसला अनुसार जबरजस्ती करणी उद्योग मुद्दामा ३ महिना कैद र ३ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ ।



सम्बन्धित समाचार