जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७९-१०-२७
- A
- A-
- A+
तनहुँ, २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ब्यास नगरपालिका-४ बाघभञ्याङ बस्ने २७ वर्षीय निरज परियारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
परियारले ती महिलालाई डर त्रास देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।