बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-११-०१
- A
- A-
- A+
काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१३ कालिमाटी बस्ने ५७ वर्षीय राम श्रेष्ठलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७७ चैत २३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ लाख रूपैयाँ बिगो तथा जरिवाना, ७ दिन कैद र ८ हजार रूपैयाँ क्षतिपूर्ति शुल्क भराउने सजाय ठगर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं सुन्धाराबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत बबरमहल पठाइएको छ ।