स्रोत नखुलेको रकम सहित पक्राउ
२०७९-११-०२
- A
- A-
- A+
मोरङ, बिराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट स्रोत नखुलेको ३ लाख ५६ हजार २ सय १० रुपैयाँ सहित जहदा गाउँपालिका-१ बस्ने ३२ वर्षीय उदियानन्द सरबरीयालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।