प्रतिबन्धित भारतीय रुपैयाँ सहित पक्राउ
२०७९-११-०३
- A
- A-
- A+
काठमाडौं, नेपालमा प्रतिबन्धित भारतीय ५ सय दरको २ सय थान गरी जम्मा १ लाख भारतीय रुपैयाँ सहित भारतीय नागरिक ३५ वर्षीय हर्षदभाइ कानानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ईन्डिगो एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट दिल्ली प्रस्थान गर्न लागेका उनलाई उक्त प्रतिबन्धित नगद सहित फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइएको छ ।