कुटपिट गरेको अभियोगमा पक्राउ
२०७८-०७-१४
- A
- A-
- A+
सिरहा,
अर्नामा गाउँपालिका-४ गौरीपुर बस्ने २२ वर्षीया महिलालाई कुटपिट गरेको अभियोगमा सोही ठाउँ बस्ने असोक यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
यादव लगायत ३ जनाले जग्गाको बिषयमा वादबिवाद भई ती महिलालाई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अर्नामाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घाइते महिलाको सिरहा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । कुटपिटमा संलग्न हाल फरार २ जनाको प्रहरीले खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।