जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७८-०७-१४
- A
- A-
- A+
कञ्चनपुर,
४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमदत्त नगरपालिका-१६ परखेडी बस्ने ५० वर्षीय करन सिंहलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
करनले मादक पदार्थ सेवन गरी ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र आस्थाई प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।