प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ईजाजतपत्र नलिई बित्तिय कारोबार गर्ने कार्यमा संलग्न पक्राउ

२०७९-११-१०

  • A
  • A-
  • A+
Share

काठमाडौं, ईजाजतपत्र नलिई बित्तिय कारोबार गर्ने (हुण्डी) कार्यमा संलग्न रहेको अभियोगमा भारत हिमाञ्चल सिमलाथाना घर भई काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने माँ चामुण्डा फ्रुट सेन्टरका सञ्चालक ४९ वर्षीय विजय कुमार गुप्तालाई सोमबार  साँझ प्रहरीले पक्राउ गरेको   छ । 

काठमाडौंको कुलेश्वर एरियामा केही व्यक्तिले नेपाल राष्ट्र बैकले जारी गरेको आदेश/निर्देशन विपरीत हुने गरी ईजाजतपत्र नलिई बित्तिय कारोवार (हुण्डी) गर्दै आएको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं कुलेश्वरबाट हुण्डी गर्ने प्रयोजनको लागि संकलन गरेको नगद  ५७ लाख रूपैयाँ र १४ लाख ८० हजार रकम बराबरको ३ थान चेकसहित पक्राउ गरेको हो ।   

उनले  फलफूल व्यवसायको आवरणमा विगत लामो समयदेखि अवैध हुण्डीको कारोबार गर्दै आएको र यस अघि पनि २०७५ साउन ७ गते भारतीय रुपैया २ लाख र नेपाली ३१ लाख रुपैयाँ रकमसहित पक्राउ परेको अनुसन्धानबाट खुल्न आएको      छ । 

उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ । 

सम्बन्धित समाचार
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
२०८०-०८-१८

 धादिङ, आफ्नै श्रीमती २० वर्षीया पवित्रा बयलकोटीको हत्या गरेको अभियोगमा धुनिवेशी नगरपालिका-४ जिबनपुर बस्ने २७ वर्षीय रामचन्द्र बयलकोटीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । रामचन्द्रले सोही नगरपालिका-१ डुम्रेचौरस्थित सडकमा पवित्रालाई धारिलो हतियार प्रहार गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खानीखोला र प्रहरी चौकी जिबनपुरबाट प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो । तत्काल फरार रहेका रामचन्द्रलाई खोजी गर्ने क्रममा धुनिवेशी नगरपालिका-७ खानीखोला बजारमा फेला पारी पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।