प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-११-११

  • A
  • A-
  • A+
Share

ललितपुर, ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बागमती गाउँपालिका-७ गिम्दी सहुमारी बस्ने ५५ वर्षीय अन्तरे सिंगारलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

बागमती गाउँपालिका-७ गिम्दी काफलडाँडास्थित जंगलमा अन्तरेले ती महिलालाई मंगलबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गिम्दीबाट  खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार