जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-११-१३
- A
- A-
- A+
काठमाडौं, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी दक्षिणकाली नगरपालिका-७ पुगाऊ बस्ने २८ वर्षीय बच्चे रेग्मी खत्रीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंको २०७५ पुस २७ गतेको फैसलाले ३ वर्ष ११ महिना ३ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई दक्षिणकाली नगरपालिका-७ पुगाउबाट प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।