प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-११-१३

  • A
  • A-
  • A+
Share

रोल्पा, ५२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनछहरी गाउँपालिका-७ जेलबाङ बस्ने ४० वर्षीय धनिमान रोकालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । रोकाले ती महिलालाई गत माघ २८ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी जेल्वाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

झापा, २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरादह नगरपालिका-५ बस्ने ३६ वर्षीय चन्द्र बहादुर चेम्जोङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । चेम्जोङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी महारानीझोडा र ईलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार