प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-११-२२

  • A
  • A-
  • A+
Share

पर्वत, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोरखा अजिरकोट गाउँपालिका-५ घर भई पर्वत जलजला गाउँपालिका-३ बारीबेनीमा सडकको लेवर काम गरी बस्ने २७ वर्षीय दिपेन्द्र बिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

दिपेन्द्रले ती बालिकालाई सोही ठाउँस्थित खाली घरमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 


सम्बन्धित समाचार