जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७९-११-२९
- A
- A-
- A+
काठमाडौं, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुपाल्चोक थाङपाल गाउँपालिका-१ घर भएका २२ वर्षीय सुनिल गहतराजलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
सुनिलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।