प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔध र नक्कली नोटसहित २ जना पक्राउ

२०७९-१२-०२

  • A
  • A-
  • A+
Share

झापा, बिर्तामोड नगरपालिका-४ मेघाबारी बस्ने २४ वर्षीय सुवास ताजपुरीया र उनकै भाई १९ वर्षीय प्रविण ताजपुरीयालाई अवैध लागूऔषध र नक्कली नोटसहित बुधबर दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा प्रहरी चौकी विर्ताबजारबाट खटिएको प्रहरीले सुवास ताजपुरीयाको घर तलासी गर्दा अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ९० मिलिग्राम, नियन्त्रित लागूऔषध नाईट्रजेपाम २८ ट्याव्लेट, नेपाली एक हजार दरको नक्कली नोट ८८ थान, नेपाली पाँच सय दरको नक्कली नोट २ थान, नक्कली अष्ट्रेलियन नोट एक सयको ३ थान, मोवाइल ४ थान तथा अन्य देशहरुको नोट ११ थान फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट  मे.५ प ९७९७ नम्बरको मोटरसाइकल र ३ हजार रूपैयाँ समेत बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
हत्या गरेको अभियोगमा पक्राउ
२०८१-०१-१९

काठमाडौं, आफ्नै श्रीमती ३२ वर्षीया अनिसा परियारलाई कुटपिट गरी हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-६ भुगोलडाँडा डेरा गरी बस्ने ओखलढुङगा घर भएका सन्तोष परियारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको  छ । आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको भनी परियारले प्रहरी वृत्त बौद्धमा आई जानकारी गराए पश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।  डडेल्धुरा, आफ्नै श्रीमती ३८ वर्षीया डम्बरी देवी देउवाको हत्या गरेको अभियोगमा आलिताल गाउँपालिका-२ मटेला बस्ने ४२ वर्षीय कर्ण बहादुर देउवालाई प्रहरीले पक्राउ गरेको छ । कर्ण बहादुरले मंगलबार साँझ घरायसी विवादका कारण कुटपिट गर्दा डम्बरी गम्भीर घाइते भएकी भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गाङ्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते डम्बरीको स्वास्थ्य चौकी गाङ्खेत हुँदै मायामेट्रो अस्पताल धनगढीमा थप उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अपहरण तथा शरीर बन्धक गर्न संलग्न दुई जना पक्राउ
२०८१-०१-१८

काठमाडौं, अपहरण तथा शरीर बन्धक गर्न संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं सिनामंगल बस्ने सर्लाही मलंगवा नगरपालिका-३ घर भएका २५ वर्षीय अजिम अली र सोही नगरपालिका-७ बस्ने २५ वर्षीय एमडि सनी अलाही रहेका छन् । सप्तरी राजविराज नगरपालिका-१३ बस्ने पुरूष अपहरणमा परेको र मुक्त हुन ४ लाख ८० हजार दिनुपर्ने भन्दै  सोमबार साँझ प्राप्त सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं सिनामंगलबाट पीडितको उद्धार गर्नुका साथै दुवै जना अभियुक्तलाई पक्राउ गरेको हो । पीडित कतारबाट फर्किदा अजिमका आफन्तले पठाएको २५ ग्राम सुन अजिमले नपाई अर्कै व्यक्तिलर सुन लगेको भन्दै अजिमले आफ्नो डेरामा जबरजस्ती लगि कुटपिट गर्नुका साथै पीडितको श्रीमतीलाई ४ लाख ८० हजार दिए पश्चात मात्र छाड्ने भनि विभिन्न किसिमका डर/त्रास तथा धाक धम्की दिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८१-०१-१८

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ६ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ धुनिवेशी नगरपालिका-४  घर भएका  जीवा गौतम भन्ने रमेश बयालकोटी, कालिकोट ठेगाना भएका २७ वर्षीय दर्शन नेपाली, काठमाडौं महानगरपालिका-४ चन्डोल बस्ने मन्जु राना मगर, काभ्रेपलान्चोक पाँचखाल नगरपालिका-११ बस्ने २३ वर्षीय सहदेव रिजाल, दोलखा भिमेश्वर नगरपालिका-९ बस्ने ३२ वर्षीय रबिन तामाङ र ओखलढुंगा खिजिदेम्बा गाउँपालिका-४ बस्ने ३८ वर्षीया तिर्थ माया कार्की रहेका छन् । पक्राउमध्ये रमेश बयालकोटी र दर्शन नेपालीले बुल्गेरिया, न्युजिल्याण्ड, रोमानिया, सर्विया, क्रोएसिया समेतका देशहरूमा पठाईदिन्छु भन्दै ४ सय २२ जनाबाट ३ करोड भन्दा बढि रकम ठगी गरेको खुल्न आएको छ । आफ्नो नक्कली नाम बताई झुक्यानमा पारी भिसा प्लस प्रालि नामक कन्सलटेन्सी दर्ता गरेको, सामाजिक सञ्जालहरूमा विदेश जानको लागि अवसर रहेको भनि विज्ञापन पोष्ट गरी कन्सलटेन्सीमा बोलाउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । प्रहरीले महाराजगंजस्थित उक्त  कन्सलटेन्सी, जडिबुटिस्थित दर्शनको कोठा र ललितपुर एकान्तकुनास्थित रमेशको कोठाबाट ८४ राहदानी लगायत १ सय ८२ जनाको रेकर्ड फाइलहरू बरामद गरेको छ । यसैगरी पक्राउमध्ये मन्जु रानाले सर्भिया र चेक रिपब्लिकको पठाईदिन्छु भन्दै २१ जना पीडितहरूबाट १ करोड ६० लाख रूपैयाँ ठगी गरेको, सहदेवले क्यानडा पठाईदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ ठगी गरेको, रबिनले अफ्रिका पठाईदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ ठगी गरेको र तिर्थ मायाले चेक रिपब्लिकको पठाईदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ४० हजार ठगी गरेको खुल्न आएको छ । पक्राउ परेकामध्ये रमेश बयालकोटी र दर्शन नेपालीलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइने र अन्य व्यक्तिहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

हवाई टिकट मिलाई दिन्छु भनि ठगी गर्ने महिला पक्राउ
२०८१-०१-१७

काठमाडौं, सामाजिक सञ्जाल फेसबुक मार्फत सम्पर्क गरी हवाई टिकट मिलाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा तारकेश्वर नगरपालिका-५ बस्ने २९ वर्षीया सुनिता लामिछानेलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त ठगी गर्ने कार्यमा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा काठमाडौं महानगरपालिका-२८ बागबजारस्थित ज्वाइन्ट भिजन ट्राभल एण्ड टुर्स प्रालि सञ्चालन गरी बस्ने सुनितालाई गोकर्णेश्वर नमुना बस्तिबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा सुनिताले नक्कली हवाई टिकट बनाउने गरेको, बैंकिङ कसूर सम्बन्धी मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौंमा ३ जनाको निवेदन रहेको तथा हालसम्म ८ जनाले ठगी सम्बन्धी कसुरमा जाहेरी दिएको समेत खुल्न आएको छ । उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ
२०८१-०१-१७

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त म्याग्दी साविक कुहु गाविस-५ घर भएका ४७ वर्षीय समर बहादुर सार्कीलाई ९ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं तौथलीस्थित कुष्टरोग आरोग्य आश्रमको शौचालयभित्र म्याग्दी स्थायी वतन भएकी २३ वर्षीया सुनमाया किसान (सार्की) को २०७१ कात्तिक १ गते हत्या गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं चान्लाखेलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त कीर्तिपुर पठाइएको छ ।