प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-१२-१६

  • A
  • A-
  • A+
Share

उदयपुर, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-४ मरुवा बस्ने २४ वर्षीय महेश परियारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । महेशले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तनहुँ, ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घिरीङ गाउँपालिका-५ धेनु घर भई देवघाट गाउँपालिका-५ सेतिभतेरी बस्ने २७ वर्षीय पुरन परियारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  पुरनले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय देवघाट र ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार