बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-१२-२६
- A
- A-
- A+
काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ बस्ने ३० वर्षीया रजनी श्रेष्ठलाई बुढानिलकण्ठबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७९ फागुन ८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २१ दिन कैद र ७५ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनको बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।