प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

२०८०-०१-०१

  • A
  • A-
  • A+
Share

उदयपुर, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-५ दशबिघे बस्ने ५५ वर्षीय खम्बीर बहादुर राई र ६६ वर्षीय खड्ग बहादुर राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकलाई आफ्नै घरमा बोलाई खम्बीरले मंगलबार र खड्ग बहादुरले बुधबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार