भरूवा बन्दुकसहित पक्राउ तथा बरामद
२०८०-०१-०६
- A
- A-
- A+
धादिङ, थाक्रे गाउँपालिका-५ डाडीघाट बस्ने ४६ वर्षीय सुमन तामाङलाई भरूवा बन्दुक १ थानसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हाप्सेचौर र ईलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।
रूकुम (पूर्व), भुमे गाउँपालिका-१ झालायम सामुदायिक वनको ओडारमा वेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक ३ थान मंगलबार साँझ प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी लुकुमबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।