जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८०-०१-०७
- A
- A-
- A+
झापा, ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरादह नगरपालिका-५ बस्ने ४१ वर्षीय उद्धव तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
तामाङले ललाई फकाई आफ्नै घरमा लगि ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी महारानीझोडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।