प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

राहदानी बनाई दिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

२०८०-०१-०७

  • A
  • A-
  • A+
Share

काठमाडौं, विभिन्न व्यक्तिहरूलाई प्रतिव्यक्ति २८ हजार रुपैया दिए राहदानी बनाइ दिन्छु भन्दै ठगी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-२ मगर गाउँ  बस्ने ३४ वर्षीय स्माईल स्टार पुनसहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वरस्थित श्री फ्रिया ट्राभल्स एण्ड टुर्स प्रालि संचालन गर्ने पुन लगायतका व्यक्तिहरूले उक्त रूपैयाँ दिए राहदानी बनाइ दिन्छु भन्दै ठगी गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उक्त प्रालि तलासी गर्दा कम्पनीबाट विभिन्न नाम गरेको व्यक्तिहरुको राहदानी ५ थान, सिपीयू १ थान, मनिटर १ थान र  विभिन्न महत्वपूर्ण डकुमेन्ट लगायतका सामानसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८१-०१-०७

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा कालिञ्चोक गाउँपालिका-७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने ३१ वर्षीय अरुण सिवाकोटी र धनकुटा महालक्ष्मी नगरपालिका-६ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने ४१ वर्षीय जगनाथ नेपाल रहेका छन् ।   पक्राउमध्ये अरूणले पोल्याण्ड पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ ठगी गरेको र जगनाथले दुबई पठाईदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अरूणलाई काठमाडौं पेप्सीकोला र जगनाथलाई  काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।