हत्या गरेको अभियोगमा पक्राउ
२०८०-०१-१४
- A
- A-
- A+
दाङ, आफ्नै श्रीमान ६४ वर्षीय रेशम बहादुर दमाईको हत्या गरेको अभियोगमा बंगलाचुली गाउँपालिका-१ सिउजाडाँडा टोल बस्ने ५७ वर्षीया केशरादेबी दमाईलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
केशरादेबीले आफ्नै श्रीमानलाई बन्चरो प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।