हात्तीको दाह्रा जस्तो देखिने वस्तुसहित तीन जना पक्राउ
२०८०-०१-१५
- A
- A-
- A+
काठमाडौं,काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोकबाट हात्तीको दाह्रा जस्तो देखिने वस्तु २ थानसहित गोरखा सिनारचोक गाउँपालिका घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-११ मनमैजु बस्ने २० वर्षीय सविन गुरुङ समेत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त वस्तु किनबेच भइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा प्रदेश ३-०२-००८ प ६७१७ नम्बरको स्कुटरमा सवार उनीहरूको झोलाभित्र लुकाई राखेको उक्त वस्तु फेला पारी चालक गुरुङसहित ३ जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।