प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८०-०१-१५

  • A
  • A-
  • A+
Share

कञ्चनपुर, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमदत्त नगरपालिका-८ तिलाचौर बस्ने १९ वर्षीय पारस ठकुरी देउवालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

देउवाले ती बालिकालाई बिहीबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई गड्डाचौकी क्षेत्रबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८१-०२-०३

 काठमाडौं, जबरजस्ती करणी मुद्दामा संलग्न रही फरार रहेका २ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महोत्तरी पिपरा गाउँपालिका-५ घर भई काठमाडौं कलंकी बस्ने २० वर्षीय सौरभ झा र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-९ घर भई काठमाडौं बाफल बस्ने २२ वर्षीय साजन अधिकारी रहेका छन् । काठमाडौं कलंकीस्थित लोमस गेष्ट हाउसमा २०८० भदौ २९ गते पीडितलाई पटक पटक जबरजस्ती करणी गरी फरार रहेका उनीहरूमध्ये सौरभलाई काठमाडौं बाफल र साजनलाई काठमाडौं ठमेलबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।