प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८०-०१-१७

  • A
  • A-
  • A+
Share

भक्तपुर, १४ वर्षीया २ जना किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-२ बस्ने २२ वर्षीय कर्मा तामाङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

भक्तपुर नगरपालिका-१० कमलबिनायकस्थित एक होटलमा ती किशोरीलाई पुर्‍याई विभिन्न प्रलोभन पारी ललाई फकाई शुक्रबार राति जरबजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार